वराहक्षेत्र : वराहक्षेत्र नगरपालिका वडा नं. ११ मधुवनमा जारी दोस्रो संस्करणको एकता नकआउट फुटबल प्रतियोगिताको दोस्रो क्वाटर फाइनल खेलमा रामधुनी आदर्श फुटबल क्लब रामधुनी विजयी भएको छ।
आयोजक हाम्रो एकता फुटबल क्लब मधुवनलाई टाइब्रेकरमा ५ विरुद्ध ६ गोलको अन्तरले पराजित गर्दै रामधुनि सेमिफाइनलमा प्रवेश गरेको हो । खेलको निर्धारित समय सम्म दुवै टिमबाट १-१ गोल भएपछि खेलको नतिजा टाइब्रेकरको सहायताबाट लिएको थियो । खेलको ३२ औँ मिनेटमा आयोजकका जर्सी नं ७ का खेलाडी अभिसेक माझीले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए ।
१ गोलले पछि परेको रामधुनी आदर्श खेलको ३५ औँ मिनेटमा खेलमा फर्किएको थियो । रामधुनी आदर्शका लागि जर्सी नं. १३ का समीर माझीले बराबरी गोल गरेका थिए । खेलको म्यान अफ द म्याच रामधुनिका मनि मगर घोषित भए उनले नगद १ हजार सहित ट्रफी हात पारेका थिए ।
हाम्रो एकता युवा क्लबको आयोजनामा स्थानीय जनता माध्यमिक विद्यालयको खेल मैदानमा आयोजना भएको प्रतियोगिता अन्तर्गत सोमबारको तेस्रो क्वाटर फाइनल खेल विराटनगर फुटबल क्लब मोरङ र सप्तकोसी युवा क्लब वराहक्षेत्रबिच खेल हुने क्लबका अध्यक्ष कलाउदिन अन्सारीले बताए ।