इटहरी : उद्योग वाणिज्य सङ्घ इटहरीको अध्यक्षमा जीवन पराजुली विजयी भएका छन् ।  

निकटतम प्रतिद्वन्द्वी रन्जु सिग्देललाई पराजित गर्दै पराजुली आगामी कार्यकालको अध्यक्ष पदमा पुगेका हुन् । शनिवार भएको निर्वाचनमा ४८१० मत मध्ये २७९० मत खसेको थियो ।  
आइतबार सम्पन्न मतगणनामा पराजुलीले १,१८६ मत प्राप्त गर्दा रञ्जु सिग्देलले ८४७ मत पाइन । यस्तै अर्की उम्मेदवार गायत्री कटवाल (भण्डारी) को पक्षमा ५६३ मत खस्दा मणिन्द्रकुमार कटवालले ४० मत प्राप्त गरे । 
३ बर्से कार्यकालको लागि निर्वाचित पराजुली होटेल व्यवसायी सङ्घ इटहरीको अध्यक्ष समेत हुन ।