धरान : नेपाली सिमेन्ट उद्योग शिवम सिमेन्टको ‘शिवमसँग उपहार टन्न’ उपहार योजनाको मासिक लक्की ड्र दोस्रो महिनाको भाग्यशाली उपभोक्ता ३० जना र विक्रेता ४० जना विजेताहरूको नाम पत्रकार सम्मेलनमा लक्की-ड्र मार्फत सार्वजनिक गरिएको विज्ञप्ति जारी गरेको छ ।
लक्की ड्रमा उपभोक्ताको प्रथम पुरस्कार २ भाग्यशाली जोडी बाग्मती-पोखराका विकास कोइराला र उपत्यका बाहिरबाट राम प्रवेश यादवले थाइल्यान्ड भ्रमणको अवसर प्राप्त गरेका छन् । दोस्रो पुरस्कार दिया लक्ष्मी, शिवराज उप्रेती, साकुरा पावर र रौनक कुमार झा सहित ४ जोडीले हेलिटुर पुरस्कार प्राप्त गरेका छन् । 
तेस्रो पुरस्कार फेवा कन्स्ट्रक्सन, दीपेन्द्र कुमार झा, केशव कुमार, शर्मिला के।सी, नितु मानन्धर तथा थप एक जना सहित ६ जनाले आधा–आधा केजी चाँदी प्राप्त गरेका छन् । चौथो पुरस्कार ८ जनालाई हिराको औँठी, अन्य पुरस्कार १० जोडीले माउन्टेन फ्लाइट प्राप्त गरेका छन् । 
आज भएको लक्की ड्र कार्यक्रममा पहिलो लक्की ड्रमा पुरस्कृत मेची-कोसी क्षेत्रका उपभोक्ता तथा वितरकहरू लाई पुरस्कार वितरण गरियो । यस अघि पुस २६ गते लक्की-ड्र मार्फत पहिलो महिनाको भाग्यशाली विजेताहरूको परिणाम सार्वजनिक गरिएको थियो । हालसम्म लक्की–ड्रबाट उपभोक्ता ६० जना विजेता बनी सकेका छन् । 
यस्तै स्युर शर्ट पुरस्कारमा १ लाख ५० हजार भन्दा बढिले सुन, चाँदी तथा नगद उपहार प्राप्त गरेका छन् ।  शिवम् सिमेन्टले मङ्सिर १ गते देखि ‘शिवम सँग उपहार टन्न’ नेपालकै सर्वाधिक धनराशिको उपहार योजना सार्वजनिक गरेको हो । उपहार कार्यक्रममा प्रत्येक २० बोरा शिवम् सिमेन्टको खरिदमा ग्राहकले एउटा हात खाली नहुने कुपनमा २ देखि ५०० रुपया वा १५ ग्राम चाँदीको सिक्का वा २५० ग्रामदेखि ५ ग्रामसम्म सुनको सिक्का वा सिक्री उपहार राखिएको थियो ।
उपहार योजना गाएको मङ्सिर १८ देखि नेपाल भरी लागू गरिएको छ । स्क््रयाच कुपन मार्फत हात खाली नजाने पक्का उपहार अन्तर्गतको नगद उपहार सिमेन्ट खरिद गर्ने वितरकबाट तुरुन्तै प्राप्त हुने तथा सुन र चाँदीको लागि मोबाइल नम्बर ९८०१११४६५८ मा सम्पर्क गरी शिवम् सिमेन्टको विक्री कार्यालयहरूबाट प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको कम्पनीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। 
शिवम् सिमेन्ट गुणस्तरीय भएकोमा नेपालमा पहिलो पटक नेपाल नापतौल तथा गुणस्तर विभागबाट एनएस क्वालिटी अवार्ड–२०१९ प्रथमबाट पुरस्कृत भएको थियो । हेटौँडामा स्थापित शिवम् सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधि युक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाको प्रयोग गर्दै आएको छ । उद्योगले उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको विज्ञप्तिमा दाबी गरिएको छ