धरान : धरानमा दोस्रो प्रदेश १ अन्तर कलेज अल्फाबिटा बास्केटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । प्रतियोगितामा सहभागी हुने कलेज, स्कुलहरू निश्चित भएको जानकारी दिन आज बिहान आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो । 
प्रतियोगिता शुक्रवार फागुन ५ गते देखी धरान रङ्गशाला स्थित कभर्ड हलमा सुरु हुँदै छ । सुनसरी जिल्ला बास्केटबल सङ्घको प्राविधिक सहयोगमा आयोजित प्रतियोगिताको अल्फाबिटा कोयाला एजुकेसन कन्सल्टेन्सीको प्रयोजनमा हुने भएको हो । 
प्रतियोगितामा ब्वाइज टिमबाट धरान, विराटनगर, इटहरी, बिर्तामोडका कुल १२ वटा कलेजका बास्केटबल टिम प्रतिस्पर्धामा उत्रिने भएका छन् । गल्र्स टिमबाट धरानका कुल ६ वटा कलेजका टिम मैदानमा देखिने छन् ।
ब्वाइज टिममा धरानका सियोन स्कुल, धरान हिमालयन मेघा कलेज, एम्स नेशनल कलेज, पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस, लोटस स्कुल, सिटी कलेज, डिपोट स्कुल, केन्द्रीय प्रविधि क्याम्पस र युएन कलेज सहभागी हुनेछन् । विराटनगरबाट बिकेभीएम कलेज, बिर्तामोड बास्केटबल झापा, राष्ट्रिय जनसहयोग कलेज इटहरी सहभागी हुनेछन् । 
गल्र्स टिममा धरानका सियोन स्कुल, डिपोट स्कुल, केन्द्रीय प्रविधि क्याम्पस, युएन कलेज। धरान मेघा हिमालयन कलेज र पब्लिक हाइ स्कुल सहभागी हुनेछन् । संयोजक विकाश चाम्लिङका अनुसार प्रतियोगिताको टाइसिट बनिसकेको जानकारी दिए । 
आयोजक अल्फाबिटाका प्रबन्ध निर्देशक सञ्जीव राईले प्रतियोगिताबाट बास्केटबलमा नयाँ प्रतिभाशाली खेलाडीहरू अगाडि आउने विश्वास व्यक्त गरे । अल्फाबिटाका सञ्चालक लोकेन्द्र श्रेष्ठले बास्केटबल खेलको विकासको लागि प्रतियोगिताले माइल स्टोन स्थापित गर्ने बताए ।   
सुनसरी जिल्ला बास्केटबल सङ्घको प्राविधिक सहयोग, अल्फबिटा एजुकेसन कन्सल्टेन्सीको प्रयोजनमा प्रतियोगिता हुन लागेको हो । धरान रङ्गशालाको कभर्ड हलमा आउँदो फागुन ५ देखी १२ गते सम्म प्रतियोगिता सञ्चालन हुनेछ ।
प्रतियोगीताका विजेता ब्वाइज टिमलाई नगद पुरस्कार ३० हजार रुपया सहित ट्रफि, मेडल प्रदान गरिने छ । उपविजेताले १५ हजार नगद पाउने छ । विजेता गल्र्स टिमलाई २० हजार नगद पुरस्कार, ट्रफि, मेडल प्रदान गरिने छ । उपविजेताले १० हजार रुपया पाउने छ ।
प्रतियोगिताको दुवै टिमका उत्कृष्ट खेलाडी, हाइस्कोरर, उदयमान खेलाडीलाई व्यक्तिगत नगद पुरस्कार प्रदान गरिने छ । प्रतियोगीताकै बिच दुवै टिमको ‘प्रकाश पौडेल थ्री प्वाइन्ट कम्पिटिसन’ खेल पनि सञ्चालन हुनेछ । पत्रकार सम्मेलनमा सुनसरी जिल्ला बास्केटबल सङ्घका अध्यक्ष नारायण सुवेदीको सभापतित्वमा भएको थियो ।