काठमाडौं : भिभोले वाई सिरिजमा नयाँ मोडल वाई०२ सार्वजनिक गरेको छ । यो नयाँ स्मार्टफोनले युवा ग्राहकहरुलाई सुलभ मूल्य दायरामा नवीन तथा सुविधायुक्त विशेषताहरु प्रदान गर्दछ । वाई०२ मा दिनभरिका कामहरू सहजै पूरा गर्न लामो समयसम्म चल्ने ५००० एमएएच विशाल ब्याट्री, पर्याप्त स्टोरेजका लागि २ जीवी र्याम + ३२ जीवी रोम तथा सुन्दर तथा आकर्षक डिजाइन रहेको छ । यो स्मार्टफोन रु १२,४९९ मुल्यमा देशभरका सबै रिटेल स्टोरहरुमा उपलब्ध छ । 

वाई०२ मा ६.५१ इन्चको एजडी+ डिस्प्ले रहेको छ र इमर्सिभ तथा रमाइलो दृश्यको सहज अनुभवका लागि आई प्रोटेक्शन मोड पनि रहेको छ । यसको २.५डी स्लिम बडी डिजाइनले यसलाई आकर्षक बनाउँनका साथै हातमा बोक्दा पनि आरामदायी बनाउँछ । यो स्मार्टफोन दुई सुन्दर रंगहरू -कस्मिक ग्रे र अर्किड ब्लूमा उपलब्ध छ । वाई०२ स्मार्टफोन युवा उपभोक्ताहरूको व्यस्त जीवनलाई ध्यानमा राखेर डिजाइन गरिएको हो जसले उनीहरूको दैनिकीलाई सहज बनाउँछ ।

लामो समय सम्म चल्ने ब्याट्री

भिभो वाई०२ मिडियाटेक पी२२ द्वारा संचालित छ जसले उच्च प्रदर्शन र विश्वसनीयता प्रदान गर्दछ । यसमा २जीवी र्याम + ३२जीवी स्टोरेजका साथै १टिवी सम्म विस्तार गर्न सक्ने क्षमता रहेको छ । यसको ५०००एमएएच ब्याट्रीले दिनभरका सम्पूर्ण कामको लागि पर्याप्त शक्ति प्रदान गर्दछ जहाँ प्रयोगकर्ताहरुले आफुलाई मनपर्ने गित तथा गेमको आनन्द लिन सक्छन् । 

उच्च गुणस्तरका तस्बिरहरूको लागि सुपीरियर क्यामेरा

वाई०२ मा ८एमपी रियर क्यामेरा तथा ५एमपी फ्रन्ट क्यामेरा रहेको छ जसले प्रयोगकर्ताहरुको  क्यामेरा अनुभवलाई सुधार गर्दछ । यसमा फेस ब्यूटी र टाइम–ल्याप्स जस्ता सुविधाहरू छन् जसले दिन–प्रतिदिन प्रयोगकर्ताहरुको शूटिंग अनुभवलाई वृृद्धि गर्दछ । र, परिणाम स्वरुप समग्र फोटोग्राफी अनुभवलाई बढाउँदै उनीहरुले आकर्षक तथा उच्च गुणस्तरको फोटोहरु खिच्न सक्छन् ।