• रश्मि प्रधान
धरान : शारदा बालिका माध्यमिक विद्यालयमा आज मङ्गलवार आयोजित निःशुल्क दन्त शिविरमा २ सय ८५ जना छात्राहरूको दाँत परीक्षण गरिएको छ । उक्त दन्त शिविर रोटरी क्लब अफ धरान घोपाको आयोजनामा भएको हो ।
धरान-१६ स्थित विद्यालयमा भएको दन्त शिविरमा दाँत परीक्षण र दाँत निकाल्ने सेवा निःशुल्क प्रदान गरिएको रोटरी क्लब धरान घोपाका अध्यक्ष किशन मास्केले बताए ।
शिविरमा दन्त परीक्षण गराएको विद्यार्थीहरूको दाँतमा खराबी देखिए तथा भर्नुपर्ने भएमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान डेन्टल कलेजमा ६५ प्रतिशत छुट प्रदान गरिने सुविधा दिइएको छ । 
शिविरमा डेन्टल कलेजका प्रोफेसर आशिष श्रेष्ठ थिए । उनले विद्यार्थीहरूलाई दाँतको स्वास्थ्य सुरक्षाका बारेमा बताए । प्रोफेसर श्रेष्ठ आफैले विद्यार्थीहरूको दन्त परीक्षण गरेका थिए । कलेजका स्वास्थ्यकर्मीहरू शिविरमा खटिएका थिए ।
rotary-club-dharan-news