मोरङ : मोरङको सुन्दरहरैचा नगरपालिका १० खोर्सानी चोक स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 
मङ्गलवार अपराह्न साढे ४ बजे खोर्सानी चोक स्थितमा फास्टफुट सञ्चालन गरी बस्दै आएका २८ वर्षीय सुरज थापा मगरले लागुऔषध सेवन तथा बिक्रिबितरण गर्दै आइरहेको भन्ने विशेष सूचनाको आधार प्रहरीले उनलाई पक्राउ गरेको हो । 
इलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा लुकाई छिपाई राखेको अवस्थामा उनको साथबाट २.२८ मिलिग्राम ब्राउन सुगर र १ थान मोबाइल फेला पारेको थियो। 
ब्राउन सुगर सहित पक्राउ परेका मगरको इलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भइरहेको छ ।