वराहक्षेत्र : सुनसरीको वराहक्षेत्रमा नातामा भान्जी पर्ने बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक किशोर पक्राउ गरेको छ। पक्राउमा पर्नेमा वराहक्षेत्र नगरपालिकाको वार्ड नं.१० स्थित घर भएका १९ वर्षका शङ्कर दर्नाल रहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक राजेश दत्तले जानकारी दिएका छन् ।  
बालिकाको आमाले दर्नाल विरुद्ध  प्रहरीमा जाहेरी दिए अनुसार आरोपी दर्नालले गएको माघ २३ गते राती ९ बजे ललाई फकाई आफ्नो घरमा लगेर करणी थिए । दर्नाललाई जाहेरी दिएको तीन दिन पछि माघ २६ गते सप्तरीको कञ्चनपुरमा साँझ साढे ६ बजे सार्वजनिक यात्रु बसमा चढेर काठमान्डौ तर्फ जान लाग्दा इलाका प्रहरी कार्यालय सप्तरीको सहयोगमा उनलाई पक्राउ गरिएको थियो ।
आरोपी दर्नाललाई सुनसरी जिल्ला अदालतबाट ७ दिनको म्याद थपको अनुमति लिएर उनीमाथि जबरजस्ती करणी मुद्दामा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जानकारी दिएको छ।