धरान : धरान वडा १६ का विद्यालयहरूका बालबालिकाहरू बिच भएको प्रतिभा प्रतियोगितामा जेनिथ इङ्लिस बोर्डिङ स्कुल र चन्द्र संस्कृत माविका विद्यार्थीले २-२ प्रतिस्पर्धामा प्रथम स्थान प्राप्त गरेका छन् । शारदा बालिका मावि, सिद्धार्थ स्कुल र पूर्वाञ्चल बाहिरा विद्यालयले १-१ प्रतिस्पर्धामा प्रथम भए ।
वडाका बालबालिकाहरूको प्रतिभा प्रस्फुटन, खोजी गराउन वडा कार्यालय र बाल सञ्जाल धरानद्वारा विविध प्रतिभा प्रतियोगिता आयोजना गरेको हो। प्रतियोगिता धरान-१६ स्थित शारदा बालिका नमुना मावि परिसरमा हिजो बुधवार भएको हो । 
विज्ञान सामग्री प्रदर्शनीमा जेनिथ स्कुलका स्वाभिमान जवेगुको समूह प्रथम, फुङनुमा लिम्बुको समूह दोस्रो र मनिक राईको समूह तृतीय भए। चित्रकला प्रतियोगितामा जेनिथ स्कुलकी मोनिका तामाङ प्रथम, शारदा बालिका माविकी सुशीला लिम्बु दोस्रो र जेनिथका प्रिन्स विक तेस्रो भए । कविता प्रतियोगितामा शारदा बालिका माविकी रेनुका राई प्रथम, जेनिथकी फुङनुमा लिम्बु र साजन राई क्रमशः दोस्रो र तृतीय भए । 
प्रावि तहको हस्तलेखनमा पूर्वाञ्चल बहिरा विद्यालयकी साथिया मगर प्रथम, जेनिथकी लक्ष्मी विष्ट दोस्रो र बालिकाकी श्रेया राई तेस्रो भए । एकल नाटक प्रतियोगितामा चन्द्र संस्कृत स्कुलका सुमन पराजुली प्रथम, बालिका स्कुलकी अनुष्का राई दोस्रो र जेनिथकी सृजना परियार तेस्रो भइन् । 
 एकल नृत्य प्रतियोगितामा सिद्धार्थ स्कुलकी सारा लिम्बु प्रथम, सियोन स्कुलकी माङसेमि लिम्बु दोस्रो र जेनिथकी अनिसा तामाङ तेस्रो भइन् । एकल गायनमा चन्द्र संस्कृतका सोनु माझी प्रथम, सियोन स्कुलकी सलिना राई दोस्रो, बालिका स्कुलकी सोनिया मुर्मु तेस्रो भइन् । 
बाल सञ्जाल क्लबका उपाध्यक्ष अनुशा महतराको सभापतित्वमा भएको प्रतियोगितामा प्रमुख अतिथि शिक्षा महाशाखा प्रमुख शम्भु पाण्डे र विशिष्ट अतिथि वडा १६ का अध्यक्ष मुरारी प्रसाद भट्टराईले विजेता विद्यार्थीहरूलाई पुरस्कार, प्रमाण पत्र प्रदान गरे । ज्योति पुञ्ज बाल क्लबले हरेक वर्ष आयोजना गर्दै आएको प्रतियोगिता यो तेस्रो भएको क्लबका संरक्षक पदम प्रसाद लुइँटेलले बताएका छन् । 
वडाका अध्यक्ष मुरारी प्रसाद भट्टराईले बालबालिका प्रतिभा प्रस्फुटन गर्ने कार्यक्रम आयोजना गर्ने क्लबलाई यसको निरन्तरताका लागि आउँदा वर्षहरूमा पनि वडा कार्यालयले सहयोग गर्ने प्रतिबघता प्रकट गरे । प्रतियोगितामा वडा १६ का १७ वटा विद्यालय सहभागी भएका थिए ।
zanith-school-winner-1Zanith-School-Winner2