इटहरी : नेपाल युवा उद्यमी मञ्च सुनसरी शाखाको आयोजनामा फाल्गुन ६ गते शनिवार देखी फुटसल हुने भएको छ । स्वास्थ्यको लागि खेलकुद, खेलकुदको लागि स्वास्थ्य भन्ने मूल नाराको साथ दुई दिने फुटसल कार्यक्रम आयोजना गर्न लागिएको हो । 
'कर्पोरेट फुटसल २०२३' नाम दिइएको प्रतियोगिता इटहरी ५ पाथीभरा फुटसल हल काव्यबाटीकामा हुन लागेको आयोजकले जनाएको छ । इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले उद्घाटन  गर्ने प्रतियोगिता शनिवार आइतबार सम्पन्न हुने छ । विभिन्न बैङ्क तथा वित्तीय संस्थाहरू सहभागी प्रतियोगिता कर्पोरेट क्षेत्रका १४ वटा टिमका सहभागिता हुने बताइएको छ । 
८ जना खेलाडी रहने खेलको प्रवेश शुल्क १२ सय रुपैयाँ राखिएको छ । जसमा विजेताले १ लाख, उपविजेताले ४० हजार र सर्वोत्कृष्ट खेलाडीले ८ हजार प्रदान गरिने भएको छ । 
शिखर इन्स्युरेन्स मुख्य प्रयोजक रहेको प्रतियोगितामा अन्य ५ वटा कम्पनीले सह प्रायोजन गर्ने भएका छ ।