सुनसरी : सुनसरीको इटहरी उपमहानगरपालिका २ स्थित पार्किङ गरी राखेको मोटरसाइकल चोरी गर्ने दुई जना युवालाई प्रहरीले पक्राउ गरेको छ । 
पक्राउ पर्नेमा इटहरी २ का दुर्गेश चौधरी र धनकुटा नगरपालिका १ का सौगात थापा रहेका छन् । उनीहरूले गत माघ २५ गते इटहरी-२ का विक्रम खडकाको प्रदेश १-०२-०४० प ३३१८ नम्बरको सुपर स्पेल्डर मोटरसाइकल पार्किङ गरी राखेको स्थानबाट चोरी गरेका थिए ।खोज तलासमा खटिएको प्रहरी टोलीले दुवै जनालाई विराटनगर ११ स्थितबाट पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरूको सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।