झापा : झापामा एक पुरुषले आत्मदाहको प्रयास गरेका छन्।
बिर्तामोड मुक्तिचोकमा बिर्तामोड-७ का एक पुरुषले शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
जलिरहेको अवस्थामा उनको उद्धार गरी अस्पताल पुर्‍याइएको छ। उनको बिर्तामोडस्थित बि एण्ड सी अस्पतालमा उपचार भइरहेको झापा प्रहरीका प्रवक्ता डिएसपी खगेन्द्र रिजालले जानकारी दिए। उनको ढाडको भाग जलेको छ। आत्मदाहको प्रयासको कारण खुलेको छैन।
उनको शरीरको पछाडिको भाग जलेको छ । हाल उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जानकारी दिएको छ ।