वराहक्षेत्र : वराहक्षेत्र-२ रेल्वेलाईका स्थानीयहरूले २०५८ सालमा स्थापना गरेको सगरमाथा युवा क्लब सेवा मूलक कार्यक्रम आयोजना गर्ने सक्रिय पूर्वक लागि परेको छ ।

संस्थाले ४ महिना भित्रमा ज्योतिष परामर्श कार्यक्रम ज्योतिषी जीवन, निःशुल्क आँखा शिविर, कोरोना यान्टिबडी टेस्ट र फागुन ६ गते बृहत् सरसफाइ कार्यक्रम गर्दै सरसफाइको क्षेत्रमा रेल्वे लाइनलाई नमुना गाउँ बनाउने उद्घोष पनि गरेको छ।

क्लबले आफ्नो घर अगाडी सबैले सफा राख्न अनुरोध गर्दै फोहोर गर्नेलाई जरिवाना गर्ने नियम बनाउने अध्यक्ष युवराज भट्टराई विदुरले बताए ।

सुन्दर तथा रमणीय गाउँ रेल्वे लाइनको सामाजिक तथा आर्थिक विकासमा यस क्लबको भूमिका भएकाले क्लबको कार्यक्रमलाई स्थानीयहरूले साथ दिएका छन्। समाज विकासमा क्लब एक ढिक्का भएर लागिरहेको र सुन्दर  रेल्वे लाइन बनाउने अभियान सफल हुने क्लबका सह-सचिव भगत कार्की बताउँछन् ।

क्लबको संस्थापक अध्यक्ष युवराज भट्टराई (धुब्र) रहेका थिए । उनले २०५८ देखी ०६१ सम्म अध्यक्ष पदको जिम्मेवारी लिएका थिए । धुब्र पछि जगत् बहादुर ढुङ्गेल, डिक बहादुर श्रेष्ठ, बल बहादुर थापा, पुन: युवराज भट्टराई (ध्रुव), केदार बस्नेत र हाल युवराज भट्टराई विदुर क्लबको अध्यक्ष छन् ।

sagarmatha-yuth-club