धरान : २२ औँ संस्करणको बुढासुब्बा टुबोर्ग गोल्डकपको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको थियो ।
२०७६ साल फागुन १७ गते भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई ३–१ गोल अन्तरले हराउँदै मनाङले उपाधि जितेको थियो । मनाङका दयानन्द सिंहले खेलको  ११ औ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाउन सफल भएका थिए ।
खेलको ४९ औँ मिनेटमा निशान लिम्बुले दोस्रो गोल गरेका थिए भने खेलको इन्जुरी समयमा बिमल रानाले गोल गरेका थिए । पुलिसका भोला सिलवालले खेलको  ६७ औ मिनेटमा पेनाल्टीबाट १ गोल गरेका थिए ।
खेलमा मनाङका  सुरज विकले सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै एक थान स्कुटर पाएका थिए । अशोक बराल उत्कृष्ट गोलकिपर पुजन उपरकोटी वेष्ट मिटफिल्टर, फुजा टोपे उत्कृष्ट कोच घोषित भएका थिए । पुलिसका सुमन सुवेदी उत्कृष्ट डिफेन्स, जुमानु राई उत्कृष्ट फरवार्ड घोषित हुँदै जनही नगद २५(२५ हजार पाएका थिए । सर्वाधिक गोलकर्ता मनाङका दायानन्द सिंहले नगद ३५ हजार पाएका थिए ।
बुढासुब्बामा मनाङको उक्त चौथो उपाधि थियो । विजेता मनाङले १० लाख र उपविजेता पुलिसले ५ लाख पायो ।