इटहरी : अस्पतालमा ब्लडको आवश्यकता भएको सूचना पछि इटहरी जेसिजले रक्तदान कार्यक्रम आयो गर्‍यो । शुक्रवार इटहरीको जनता माविको प्राङ्गणमा आयोजित कार्यक्रममा ८५ प्रिन्ट ब्लड सङ्कलन भएको हो ।

इटहरी जेसिजले जनता मावि सँग मिलेर कार्यक्रम आयोजना गरेको हो । विगतका बर्सहरूमा पनि रचनात्मक काम गर्दै आएको जेसिजले यसैलाई निरन्तरता दिएको अध्यक्ष योगेन्द्र पौडेलले बताए । मानव सेवाको उद्देश्यले वर्ष २०२३ मा थप प्रभावकारी काम गरिने उनको भनाइ छ ।

जनता माविका होमराज थपलिया र इटहरी जेसिजका स्वास्थ्य संयोजक सरोज चौलागाईंले कार्यक्रम संयोजकको भूमिका निर्वाह गरेका हुन् । रोटरी क्लब अफ इटहरी युगल, पूर्व विद्यार्थी समाज जनता मावि, नेपाल रेडक्रस सोसाइटी इटहरी उपशाखा र इटहरी जुनियर जेसिज कार्यक्रमका सहआयोजक हुन् ।