धरान : सुनसरीको धरानमा आयोजित धरान एक्स्पो २०७९ मा अवलोकनकर्ताहरूको ध्यान विद्युतीय सामानतर्फ पनि खिचिएको पाइएको छ । 
एक्स्पो अवलोकन गर्न पुगेका धरान उपमहानगरपालिकाका निवासी सागर कार्कीले 'पर्फेक्टफिट' ब्राण्डको एसी खरिद गरेका छन् । ए एण्डी डी इन्टरनेशनल धरानका सञ्चालक शैलेस कुमार आचार्य (प्रमोद) ले बजारमा उपलब्ध अन्य एसीभन्दा परफेक्ट फिट ब्राण्डको एसी अझ गुणस्तरीय रहेको जानकारी दिए । 
पर्फेक्टफिट एसी चिनियाँ ब्रान्ड हो जसको नेपालकालागी आधीकारीक विक्रेता ए एण्डी डी इन्टरनेशनल वेइङ सिस्टम ट्रेडिङ हो ।
कार्कीले खरिद गरेको इन्भर्टर एसी १२०० बिटियुको भएको र गर्मी र जाडो दुवै मौसममा प्रयोग गर्न सकिने बताइएको छ । बजारमा उपलब्ध अन्य ब्रान्डका एसीहरूले गर्ने बिजुली खपत भन्दा आधा बिजुली परफेक्ट फिट ब्रान्डका एसीहरूले बचत गर्छन् ।
ग्लोबल वार्मिङका कारण लगातार गर्मी बढेसँगै उपभोक्ताको आकर्षण एसीतर्फ बढेको छ । ए एण्डी डी इन्टरनेशनलले एक्स्पो स्थलमा एसी, सीसीटीभी लगायत इलेक्ट्रिक सामानको स्टल राखेको छ । उक्त स्टलबाट २० भन्दा बढी एसी बुकिङ गरिएको बताइएको छ । एक्स्पो अवधिभर ५० वटा एसी बिक्री गर्ने लक्ष्य रहेको कम्पनीका प्रतिनिधिले बताए । 
एक्स्पोकै अवधिमा एसी खरिद गर्नेलाई १५ प्रतिशत छुटको अफर पनि रहेको छ । गत ११ फागुनदेखि सुरु भएको महोत्सव १० दिनसम्म सञ्चालन हुनेछ ।
Prefect-fit-Ac