इटहरी : बिश्वबजारमा ख्याति प्राप्त ब्रान्ड नोइजले पूर्वी बजारमा आफ्नो कारोबार सुरु गरेको छ। प्रदेश नं १ का विभिन्न सहरहरूमा वितरण केन्द्र नियुक्त गरेर आफ्नो कारोबारलाई सुरु गरेको हो। विभिन्न डिजाइन र फिचर सहितका पाँच स्मार्टवाच, इयर बड्स र नेकब्यान्ड लगायतका प्रोडक्ट सहित पूर्वी बजारमा आफ्नो उपस्थिति जनाएको छ।
सन २०१४ मा भारतमा स्थापना भई वेरेबल एसेसरिजहरुको उत्पादन सुरु गरेको हो । नोइज ब्रान्डले २०२३ सम्म आइपुग्दा भारतीय बजारमा २३% मार्केट सेयर सहित अग्रणी स्मार्टवाच कम्पनी बन्न सफल भएको छ। नोइज बिश्वबजारमा उत्कृष्ट ५ स्मार्टवाच ब्राण्ड हो ।
नोइज कलरफिट सिरिज अन्तर्गतको पाँच वटा भेरिएसनका स्मार्टवाच उपलब्ध  रहेको छ । सम्पूर्ण उत्पादनमा १ वर्षको वारेन्टी रहेको नोइज ब्रान्डका बजार व्यवस्थापक निमेष घिमिरेले बताए । 
उनका अनुसार नोइज ब्रान्ड पूर्वी बजारमा नयाँ भए पनि ग्याजेट प्रेमीहरूको लागि ख्याति प्राप्त ब्रान्ड हो । उत्कृष्ट गुणस्तर, स्टायलिस डिजाइन र सुपथ मूल्यमा उपलब्ध हुने भएकाले कलेज पढ्ने युवा देखि सम्पूर्ण सेगमेन्टका लागि उत्कृष्ट हुने उनले प्रष्ट पारे । नोइज ब्रान्डका स्मार्टवाच रु.५ हजार देखि उपलब्ध छन्।
विगत लामो समय देखि इटहरी लगायत पूर्वी बजारमा ब्रान्डेड मोबाइल र एसेसरिस उपलब्ध गराउँदै आएको इ-मार्टले इटहरीमा वितरणको जिम्मा लिएको छ। नोइज ब्रान्ड छोटो समयमै नेपाली बजारमा एक नम्बर हुन सफल हुने कुरामा विश्वस्त रहेको इ- मार्टका सञ्चालक सुमित अधिकारीले जनाए।
नोइजलाई नेपालमा सेल्युसिटी इन्टरनेशनलले बिक्रिबितरण र प्रवर्धन गर्दै आएको छ ।