सुनसरी : बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज बिहीबार अन्तिम सेमिफाइनल खेल हुदैछ ।

धरान रङ्गशालामा दिउसो ३ बजे सुरु हुने खेलमा एन्फा मोरङ र क्यामरुनी फुटबल टिम एभिनियर एफसीबिच प्रतिस्पर्धा हुनेछ ।

आजको विजेताले शनिवार हुने फाइनल खेलमा काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

यसअघि हिजो भएको पहिलो सेमिफाइनलमा युनाइटेड कर्साङ क्लब युकेएफसी भारतलाई ३–१ गोल अन्तरले पराजित गर्दै काँकडभिट्टाले फाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।

एन्फा मोरङले क्वाटर फाइनल खेलमा बङ्गलादेशको केबिपिएस फुटबल टिमलाई पराजित गर्दै सेमिफाइनल पुगेको हो भने एभिनियर एफसी बागमती युवा क्लब सर्लाहीलाई पराजित गर्दै अन्तिम चारमा पुगेको हो ।

गोल्डकपको विजेताले नगद १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पाउने छन् । गोल्डकपको फाइनल खेल आगामी शनिवार हुनेछ ।