वराहक्षेत्र : वराहक्षेत्र नगरपालिकामा फागुन २७ गतेबाट सुरु हुने वडास्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ शिल्ड फुटबल प्रतियोगिता ३ पटक विजेता हुने टोलीले सुन्दर चाँदीको सुन्दर ट्रफि आफ्नो स्वामित्वमा पार्नेछ । वराहक्षेत्र नगरपालिकाको आयोजनामा लिग फर्म्याटमा आयोजना गरिएको वराहक्षेत्र मेयर लिग फुटबल प्रतियोगिताको विजेताले नगद २ लाख १ हजार, उपविजेताले १ लाख १ हजार, तेस्रो हुने टिमले ५० हजार र चौथो हुने टिमले २५ हजार प्राप्त गर्नेछन्।
प्रतियोगिताको विजेताले चाँदीको सुन्दर ट्रफी प्राप्त गर्नेछ । अर्को सिजनको लिग सुरु भएको १ हप्ता अगाडि उक्त ट्रफि आयोजनलाई फिर्ता गर्नुपर्ने र रनिङ्ग शिल्ड प्रतियोगिता भएकाले ३ पटक विजेता भए मात्र उक्त ट्रफी विजेताको स्वामित्वमा हुने वराहक्षेत्र नगरपालिका खेलकुद नगर खेलकुद विकास समितिका संयोजक कपिल आचार्यले जानकारी दिए।
नगर खेलकुद विकास समितिको आयोजनामा हुने प्रतियोगितामा नगरपालिका प्रत्येक वडाहरूबाट १/१ वटा टिम गरेर ११ वटा टिमको सहभागी हुनेछ।
नगर खेलकुद विकास समितिका संयोजक कपिल आचार्यका अनुसार खेलाडी प्रोत्साहन र नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले मेयर लिग कप फुटबल प्रतियोगिता २०७९ परिकल्पना गरिएको हो । प्रतियोगिता बारेमा आइतबार खेलकुद विकास समितिले पत्रकार सम्मेलन गरेर जानकारी दिएको थियो ।
'खेलकुद हाम्रो सान खेलाडी उत्पादन गर्ने हाम्रो अभियान' भन्ने नारा दिएको प्रतियोगिता २९ वटा खेल हुनेछ । समूह क र ख बाट उत्कृष्ट अङ्क ल्याउने २/२ वटा टोली छनोट गरेर नकआउट माध्यमद्वारा विजेता छनोट गरिने नगर खेलकुद विकास समितिका सदस्य रोनि विष्टले बताए ।
१८ लाख ८५ हजार अनुमानित खर्च रहेको प्रतियोगिता वराहक्षेत्र नगरपालिका वडा नं ७ देविघाट स्थित वसन्त ऋतु माबिको खेलमैदानमा खेल हुनेछ । केही खेलहरू कालाबञ्जर, चक्रघट्टिमा समेत हुनेछ । प्रत्येक खेलको म्यान अफ द म्याचले २ हजार १ सय र विधागत उत्कृष्ट खेलाडीले नगद ५ हजार प्राप्त गर्नेछन् । पत्रकार सम्मेलनमै प्रतियोगिताको मस्कट, खेल तालिका सार्वजनिक समेत गरिएको थियो ।