धरान : आज बिहानै करेन्ट लागेर झापाको मेचीनगरमा एक जनाको मृत्यु भएको छ । कोशी प्रदेश प्रहरी कार्यालयले जनाए अनुसार मेचीनगर नगरपालिका-४ राई सिङ टोलमा करेन्ट लागेर एक जनाको मृत्यु भएको हो । 
मृत्यु हुनेमा ४५ बर्वी पुष्ट बहादुर कडरीया रहेका छन् । बिहान ७ बजे घर नजिकै सडक छेउमा रहेको काभ्राको रुखमा चढी घाँस काट्दै गर्दा अचानक विद्युतीय झट्का लागेर कडरिया घाइते भएका थिए ।
घाइते कडरीयाको उपचारको क्रममा प्रादेशिक अस्पताल भद्रपुरमा मृत्यु भएको हो । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट थप अनुसन्धान भइरहेको छ ।