धरान : धरान वडा नं. २० सिरिसेमा मोटरसाइकलमा ल्याउँदै गरेको ३१ केजी गाँजा सहित एक जना युवालाई प्रहरीले पक्राउ गरेको छ । यसैगरी धरान वडा नं.११ सुनौलो वस्तिको घरमा लुकाई राखेको अर्को ३१ केजी गाँजा सहित एक महिलालाई मङ्गलवार प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्ने युवा धनकुटा साँगुरीगढी गाउँपालिका-९ आहालेका २५ वर्षीय जितेन राई र धरान-११ सुनौलो वस्तिकी ४७ वर्षीय विष्णुमाया राई छिन् । उनीहरूलाई इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले गाँजा सहित पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय धरानले जनाए अनुसार धरान-२० सिरिसेमा जितेन राई प्र.१-०२-०५१ प-२३०५ नम्बरको मोटरसाइकलमा धरान तर्फ आइरहेको बेला शङ्का लागि चेकजाँच गर्दा ३१ केजी गाँजा बरामद गरिएको हो ।
यसैगरी सोही दिन पाँच बजेको समयमा धरान-११ सुनौलो वस्ति बस्ने ४७ वर्षीय विष्णुमाया राईको घरमा खान तलास गर्दा घर कोठामा लुकाई छिपाई राखेको लागुऔषध गाँजा ३१ केजी फेला पारेको हो । पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई सुनसरी जिल्ला अदालतबाट म्यादथप गरी इलाका प्रहरी धरानले थप अनुसन्धान गरिरहेको बताइएको छ ।