विराटनगर : पाहुना टोली भारत केरलाको लुका सकर क्लब सातौँ संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ ।
विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटर फाइनल खेलमा ‘ए’ डिभिजन क्लब सङ्कटालाई सडनडेथमा  हराउँदै भारत  सेमिफाइनल यात्रा तय गरेको हो । 
निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा पनि दुवै टिमबाट गोलरहित खेल बराबरी भएपछि जितको छिनोफानो सडेनडेथबाट भएको हो । रोमाञ्चक तथा प्रतिस्पर्धात्मक टाई ब्रेकरमा दुवै टोलीले ५-५ गोल गरेका थिए । त्यसपछि खेल सडनडेथमा पुग्यो ।
टाई ब्रेकरमा भारतको तर्फबाट चाल्स, रफि, कप्तान अर्सद, क्यामदिन गोल गरेका थिए । सङ्कटाको अनिष महर्जनको प्रहार भारतका गोलकिपर शानफिरले उत्कृष्ट बचाउँदै गर्दै खेल जिताए । 
सङ्कटाको तर्फबाट जुनियर, कुलदिप कार्की, सुरज जङ्ग ठकुरी, चन्दन दास र दीपक घिसिङले गोल गरेका थिए । 
भारतको जितसँगै विराट गोल्डकपको सेमिफाइनलको समीकरण पूरा भएको छ । भारतले अब फाइनल प्रवेशका लागि चैत १४ गते साबिक विजेता एपीएफसँग खेल्नेछ भने घरेलु टिम विराटनगर सिटीले सोमबार जावलाखेल यूथ क्लबको सामना गर्नेछ ।
पूर्वविजेता सङ्कटा माथि भारतको सङ्घर्षपूर्ण जीत हासिल गरेको छ । 
सङ्कटा र भारतको केही उत्कृष्ट अवसर सिर्जना गरे पनि गोलमा परिणत हुन नसक्दा निर्धारित समयसम्म दुवै टिमको गोलरहित खेल बराबरी भयो ।
सङ्कटाले  २०६९ सालमा दोस्रो संस्करणको विराट गोल्डकपको उपाधि हात पारेको थियो । पूर्व विजेता सङ्कटाले दर्जन बढी सुन्दर अवसर खेर फाल्दा प्रतियोगिताबाट बाहिरिन बाध्य भयो ।
खेलको म्यान अफ द म्याच भारतको गोलकिपर  महोमद सनफिर घोषित भए । उनले नगद ११ हजार पाए ।