इटहरी : इटहरीको पूर्व लाइनमा सञ्चालित श्री जनता हार्डवेयरका सञ्चालक विक्की अग्रवालले व्यापार विस्तार गरेका छन् । श्री जनताको सफलता पछि उनले धरान लाइन हलगडामा जनता हार्डवेयर एण्ड स्टिल्स सञ्चालनमा ल्याएका हुन् ।
चैत १३ गतेदेखि व्यावसायिक कारोबार सुरु गरेका उनले हार्डवेयर बिजनेसमा सफलता हासिल गर्दै गएका छन्। दुई महिनामा कन्स्ट्रक्सन सकेका उनले डेढ करोड बढी लगानी गरेको बताए । पूर्व पश्चिम एसियन हाइवे बन्दा श्री जनताको काउन्टरमा असर पुग्ने भन्दै उनले धरान लाइनमा नयाँ कारोबार बढाएका हुन् । विभिन्न कम्पनीका सिमेन्ट सँगै जगदम्बा र स्वस्तिकको रड राखेको उनले जानकारी दिए । 
इटहरीकै प्रचलित रुचि हार्डवेयरमा १२ वर्ष काम गरेपछि जनता हार्डवेयरमा काम सुरु गरेका थिए । काम गर्दागर्दै उनले हार्डवेयर नै आफैले खरिद गरेका हुन् । श्री जनतामा एकल कारोबार गरेको दुई वर्षमा नयाँ हार्डवेयर खोल्न सफल भएको अग्रवाल बताउँछन् । 
पछिल्लो समय व्यापारमा मन्दी भए पनि कित्ताकाट खुलेपछि व्यापार सहज हुने उनको अनुमान छ । अधिकांश कारोबार घर निर्माणमा हुने भएकाले त्यसको असर हार्डवेयरमा परेको उनले बताए ।
Janata-hardware