धरान : नेशनल एकेडेमी धरानले आफ्ना विद्यार्थीहरूलाई धार्मिक क्षेत्र अवलोकन भ्रमण गराएको छ । 
शैक्षिक वर्ष ०७८/०७९ को अन्तिम परीक्षा सम्पन्न भएको दिन चैत्र १३ गते मन्टेश्वरी तहका विद्यार्थीहरूलाई अवलोकन भ्रमण गराइएको थियो ।
यसै गरी चैत्र १५ गते इलेमेन्टरी लोवर लेबल (कक्षा १ देखि ४), इलेमेन्टरी अप्पर लेबल (कक्षा ५ देखि ८) र सेकण्डरी लेबल (कक्षा ९ देखि १२) अन्तर्गतका कक्षा ९ का विद्यार्थीहरूलाई भ्रमण गराइएको थियो । 
विद्यालयको सोसियल वेलफेयर क्लब अन्तर्गत विद्यार्थीहरूलाई धार्मिक पर्यटकीय क्षेत्रको अवलोकन भ्रमण गराइएको विद्यालयका असिस्टेन्ट डाइरेक्टर टङ्का लिम्बुले बताए । 
यस क्रममा विद्यार्थीहरूले अन्तर्राष्ट्रिय स्तरमै उत्कृष्ट धार्मिक स्थलका रूपमा चिनिएका बुढासुब्बा मन्दिर, पिण्डेश्वर मन्दिर र दन्तकाली मन्दिर क्षेत्रको पैदल भ्रमण गरेका थिए । 
सो अवसरमा विद्यार्थीहरूलाई उक्त मन्दिरहरूको महत्त्व, नेपालमा धार्मिक पर्यटनको महत्त्व, सामाजिक सद्भाव आदीका बारेमा जानकारी गराइएको थियो । भ्रमणमा विद्यार्थीहरूले उत्साहजनक सहभागिता जनाएका थिए। 
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रको जानकारी हासिल गर्नका लागि स्थानिय क्षेत्रको सामाजिक, धार्मिक तथा पर्यटकीय अवस्थाको जानकारी हुनुपर्ने आवश्यकतालाई मध्यनजर गरी भ्रमण आयोजना गरिएको एकेडेमीका प्रिन्सिपल श्रीशीशा राईले बताए 
विद्यार्थीहरूमा सामाजिक भावनाका साथै धार्मिक पर्यटनका बारे चासो र चिन्तनको विकास गराउने उद्देश्यले भ्रमण गराइएको उनले जानकारी दिए । 
नेशनल एकेडेमी प्रदेश नं. १ पहिलो तथा एक मात्र आइएसओ मान्यता प्राप्त शिक्षण संस्था हो । यस विद्यालयमा पढाइका अतिरिक्त विद्यार्थीहरूको आन्तरिक क्षमता अभिवृद्धि गर्ने तर्फ जोड दिएर अध्यापन हुँदै आएको छ । विद्यालयमा शैक्षिक वर्ष २०८० का लागि भर्ना खुल्ला गरिएको विद्यालयले जनाएको छ ।
national-mandir-3