धरान : उच्च अदालत विराटनगरले झुम्का उद्योग वाणिज्य सङ्घको चैत १९ गते हुने भनिएको निर्वाचन नगरी यथास्थितिमा रोक्न अन्तरिम आदेश दिएको छ ।

सङ्घका सदस्य केदार राईस मिलका प्रोप्राइटर केदारकुमार श्रेष्ठले जिल्ला प्रशासन कार्यालय सुनसरी विरुद्ध रिटको सुनवाइ गर्दै बिहीबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

उच्च अदालत विराटनगरका न्यायाधीश किरण कुमार गुप्ताको एकल इजलासको आदेशका भनिएको छ ‘आइतबार हुन लागेको निर्वाचन नगरी यथास्थितिमा राख्नु भनी उच्च अदालत नियमावली २०७ को नियम ४२ बमोजिम अल्पकालीन अन्तरिम आदेश जरी गरी दिएको छ ।’