धरान : प्रधानमन्त्री पुष्पकमल दाहालको मन्त्रीपरिषदमा जनता समाजवादी पार्टीबाट नेतृत्व गर्दै सङ्घीय परिषद् अध्यक्ष अशोक राईले आज ३ बजे उपप्रधानमन्त्री पदको शपथ लिने भएका छन ।
उपप्रधानमन्त्री सहित राईले शिक्षा, विज्ञान तथा प्रविधि  र वन तथा वातावरण मन्त्रीको शपथ लिने सम्भावना भएको उक्त पार्टीका धरान नगर अध्यक्ष ताजुब लिम्बुले बताए ।
यसअघि उनलाई पार्टीले दुई मन्त्रालय सम्हाले जिम्मेवारी दिएको समाचार सञ्चार माध्यममा आएको थियो । उक्त समाचारको पुष्टि गर्दै अध्यक्ष लिम्बुले हिजो बेलुका भएको पार्टी केन्द्रीय पदाधिकारीको सम्पर्कका दुई वटा मन्त्रालयको कुरा भएको बताए ।
राई सुनसरी-१ धरानबाट सङ्घीय प्रतिनिधि सभा सदस्यको प्रत्यक्ष निर्वाचनमा विजयी भएका हुन् । उनी निर्वाचित भएपछि गठबन्धनको सरकारमा मन्त्री हुने विश्वास यहाँका जनताले गरेका थिए ।