• सुकदेब चौधरी 
इनरुवा : सुनसरीको सदरमुकाम इनरुवा स्थित सुनसरी बहुमुखी क्याम्पस व्यवस्थापन समितिको अध्यक्षमा राजु ढकाल निर्वाचित भएका छन् ।
शनिवार भएको मतदानमा कुल ६६ मत मध्ये ३८ मत सहित ढकाल विजयी भएका हुन । उनका निकटतम प्रतिस्पर्धा दिलिपचन्द साहुले २५ मत प्राप्त गरेका थिए । 
उक्त व्यवस्थापन समितिको निर्वाचनमा ढकाल प्यानलका सदस्यहरू मिरा पोखरेल, जमुना गौतम पोखरेल, शुषमा ढकाल, तोया गिरी पोदार, हरिलाल मेहता, महिचन साह, चन्देश्वर खत्वे र सुनिल कुमार साह विजयी भएका छन् । 
२०३७ सालमा स्थापना भएको सामुदायिक क्याम्पसको व्यवस्थापन समितिको निष्क्रियताले चार दशकको इतिहास बोकेको क्याम्पसको विकास नभएको भन्दै नयाँ नेतृत्वले काम गर्ने प्रतिबद्धता सहित चुनावी मैदानमा रहेकोले मतदाताहरूले नयाँ नेतृत्व चयन गरेको हो ।
सञ्चालन समितिका लागि नेपाली काग्रेंस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीको समर्थन पाएका राजु ढकालको नेतृत्वको प्यानल विजयी भएकोमा सबैसँग मिलेर हातेमालो गरेर काम गर्ने जनाएको छ । 
उपविजेता भएको जनता समाजवादी पार्टी, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीको समर्थनमा दिलिपचन्द साहको प्यानलले सच्चा प्रतिपक्षीको भूमिका निर्वाह गर्दै शैक्षिक गुणस्तर र भौतिक पूर्वाधार विकासमा सहयोग गर्ने प्रतिक्रिया दिएका छन् ।