इटहरी : सुनसरीको इटहरी उपमहानगरपालिकाले चैत मसान्त सम्म कर दाखिला नगरे जरिवाना लाग्ने जानकारी गराएको छ ।

सूचना प्रकाशित गर्दै उपमहानगरले पालिकाको क्षेत्र भित्र रहेका घर जग्गाको एकीकृत सम्पत्ति, भूमि तथा व्यवसाय कर तिर्न निर्देश गरेको हो ।

प्रमुख प्रशासकीय अधिकृत राम चरित्र मेहताले हस्ताक्षर गरेको सूचनामा कानुनमा चैत मसान्त भित्र तिर्नुपर्ने व्यवस्था भए अनुसार कर तिर्न आग्रह गरिएको छ ।

समय सीमा भित्र भुक्तानी नगरेमा सम्पत्ति कर ऐन २०७५ तथा व्यवसाय कर ऐन २०७५ बमोजिम थप व्याज तथा जरिवाना लाग्ने बताइएको छ ।

यसअघि उपमहानगरपालिकाले सम्पत्ति तथा व्यवसाय करमा चैत मसान्त सम्मको समयको लागि छुटको व्यवस्था गरेको थियो ।

itahari-ghar-gajja-notice