धरान : धरान उपमहानगरपालिका ९ नं वडा कार्यालयले दुई महिने सिपमूलक सौन्दर्यकला तालिमको आयोजना गरेको छ।

बुधवार ईन्टरनेशनल ट्रेनिङ एकेडेमीले पत्रकार सम्मेलन आयोजना गरी धरान-९ वडाका दलित महिलाहरूलाई सौन्दर्यकला तालिम दिएको जानकारी दिएको छ।

वडा अध्यक्ष रुपेश आर्चायले दलित महिलाहरू सिप सिकेर व्यवसायमुखी बनाउँदै आत्मनिर्भर बन्न उत्प्रेरित गराउन तालिम आयोजना गरिएको बताए ।

उनले वडाको बजेट हो भन्दै बजेट फ्रिज गराउने उद्देश्य मात्र नभएको भन्दै थोरै लगानीका सिप सिक्दै आत्मनिर्भर भई व्यावसायिक बन्न सुझाएका छन् ।

उनले सिप सिक्दै रोजगारको ग्यारेन्टीका गर्छु भन्ने संस्था ईन्टरनेशनल ट्रेनिङ एकेडेमीलाई प्राविधिक सहयोगका लागि तालिम आयोजना गर्न दिएको बताए ।

वडा सदस्य अञ्जना बिशंखेले वडामा रहेका दलित महिलाहरूकालागि मात्र बजेट भएकाले अहिले ७ जनाको कोटामा तालिम दिइरहेको तर आफ्ना विविध कारणले गर्दा हाल ५ जनालाई तालिम दिएको बताइन ।

उनले दलित समुदायहरूकालागि अरू थुप्रै आयोजना वडास्तरबाट ल्याउने र दलित महिलाहरूलाई आर्थिक क्षमता अभिवृद्धि गर्दै व्यावासीक बनाएर आयआर्जन मुखी बनाउने लक्ष्य रहेको बताइन। विशंखेले ७० हजारको बजेटमा तालिम प्रदान गरेको भन्दै तालिम चैत्र २ गते देखि ज्येष्ठ २ गते सम्म २ महिना चल्ने बताइन ।

सिटिइभिटिबाट मान्यता प्राप्त ईन्टरनेशनल ट्रेनिङ एकेडेमी धरानले हालसम्म बेसिक, एडभान्स एण्ड डिप्लोमा, ब्युटिसियन तालिम, नेल टेक्निसियन, सेल्फ मेकअप, हेयर कटिङ, प्रोफेसनल मेकअप, स्पेसल मेहन्दी, माइक्रो ब्लेडिङ, आई ल्यासेस, हाईड्रा फेसियल, केराटिन स्ट्रेट, ईयरलोबल रिपेयर, मोल रिमुभल, एडभान्स रसियन जुरो, ब्लो ड्राई सेटिङ, स्किन टेस्ट, बिबिगलो ट्रिटमेन्ट गर्ने व्यवस्था रहेको सञ्चालक निलम बस्नेतले बताए।

एकेडेमीले टाढाको विद्यार्थीहरूलाई होस्टलेको व्यवस्था,तालिम सकिएपछि जागिरको व्यवस्था गर्नुको साथै थेउरी र प्र्याकटिकल कक्षा सञ्चालन गर्दै आएको र तालिम सकिएपछि सिटिइभिटिबाट प्राप्त प्रमाणपत्रको व्यवस्था रहेको एकेडेमीका सञ्चालक बस्नेतले बताए ।
talim-wada-9-2