इटहरी : नक्कली पेस्तोल देखाएर  फेसबुकमा फोटो पोष्ट गर्ने दुई जना लाई सुनसरी प्रहरीले पक्राउ गरेको छ। सुनसरीको हरीनगर गाउँपालिकाका एक शिक्षक र अर्का विद्यार्थी बुधवार उनीहरू पक्राउ परेका हुन् । 
हरीनगर १ का अमर कुमार गुप्ताले इटालियन पेस्तोल जस्तो देखिने हतियार सहितको आफ्नो फोटो फेसबुकमा राखेका थिए। बालकृष्ण माविमा कार्यरत शिक्षक गुप्ताले नक्कली पेस्तोल सहितको फोटो राखेका हुन् ।  
सोही गाउँपालिकाका एसइई दिइरहेका विद्यार्थी रोशन सोडाकार अहिले सुनसरी प्रहरीको हिरासतमा छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी प्रभुप्रसाद ढकालका अनुसार दुवै व्यक्ति माथि अनुसन्धान भइरहेको छ । हतियार जस्तो देखिने खेलौना र लाइटर रहेको बताउँदै उनले विगतमा उनीहरूको गतिविधि बारे अनुसन्धान हुने बताए ।