धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्यान्सर रोगको उपचार गर्न आउने बिरामीको उपचारको प्रवर्द्धन र अनुसन्धानलाई प्रोत्साहित गर्न टुमर बोर्ड टिम समिति गठन गरिएको छ ।

प्रतिष्ठानमा आउने क्यान्सर रोगीहरूको हेरचाह प्रवर्द्धन गर्न, प्रमाणमा आधारित हेरचाह बढाउन, प्रवर्द्धन गर्न र क्यान्सर रोग सम्बन्धी अनुसन्धानलाई प्रोत्साहित गर्न बोर्ड टिम गठन गरिएको हो ।

प्रतिष्ठानमा एक महिना करिब ७ देखि ९ सय बिरामीहरू क्यान्सर ओपीडीमा आउने गरेका छन् ।  परामर्श तथा उपचारका आउने मध्ये करिब २ देखि ४ सय अस्पतालमा भर्ना हुन्छन् । डेढ सय देखि २ सयले डे-केयर केमो थेरापी लिने गरेका छन् ।

उनीहरूको उपचार, परार्मश, हेरचाह, रोकथामको रणनीति बनाउन, क्यान्सरका बिरामीको प्रकृतिको आधारमा अनुसन्धानलाई प्रोत्साहित गर्न बोर्ड गठन गरिएको हो। प्रतिष्ठानमा पछिल्लो समय क्यान्सर रोगका बिरामीहरुको चाप बढेको छ ।

क्यान्सर सम्बन्धी रोगको उपचार सेवा सहज र सुलभ सेवाका कारण नेपाल तथा भारतीय क्यान्सर बिरामी आउने गरेकाले चाप बढेको हो । प्रतिष्ठानका अस्पताल निर्देशक डा.जगत नारायण प्रसादका अनुसार बोर्डले टिमवर्कको रूपमा क्यान्सर रोकथामको रणनीति प्रवर्द्धन, प्रमाणमा आधारित हेरचाह बढाउन र प्रतिष्ठानमा क्यान्सर रोग सम्बन्धी अनुसन्धानलाई प्रोत्साहन दिने बताएका छन् ।

२४ सदस्यीय बोर्डमा इन्टर्नल मेडिसिन विभागकी एसोसिएट प्रोफेसर डा.सोनिया दुलाल संयोजक छिन् । सदस्यहरूमा डर्माटोलोजी विभागबाट प्रा.डा.सुधा अग्रवाल, डा.धनकेशर खड्का, प्याथोलोजी विभागबाट प्रा.डा.स्मृति कार्की, प्रा.डा.परिचा उपाध्याय छन् ।

साथै डा.अन्जु प्रधान, डा.पुनम पौडेल, डा.यमुना अग्रवाल, डा.राजन साह, डा.मोना दाहाल, इन्टर्नल मेडिसिन विभागबाट डा.रोबिन मास्के, डा.विकास कुमार साह, पल्मोनोलोजी, क्रिटिकल केयर एण्ड स्लिप मेडिसिनबाट सदस्य छन् ।