विराटनगर : विराटनगरबाट प्रकाशित/प्रसारित ओबि मिडिया प्रा.लि.ले अवार्ड पाएको छ ।

नेपाल इन्टरप्रेनर सोसाइटी काठमाण्डौंले मिडिया र उद्यमशीलता क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरेको हो । राष्ट्रिय स्तरको मिडियाले उद्यमशीलता अभियानमा गरेको योगदानमा ओबि मिडिया समेत उत्कृष्टमा परेको भन्दै अवार्ड प्रदान गर्ने निर्णय गरिएको छ ।
नेपाल इन्टरप्रेनर सोसाइटीका अध्यक्ष खगेन्द्र आचार्यले ओबिलाई सम्मान गर्ने निर्णय गरिएको जानकारी दिएका हुन् । ओबि मिडिया सन् २०११ देखि विराटनगर कार्यक्षेत्र बनाएर सिटी म्यागेजिनको रूपमा काम गर्दै आएको छ ।
सम्मानित हुने अवसर प्रदान गरिएकोप्रति ओबि मिडियाका प्रबन्ध निर्देशक विवेक दाहालले थप जिम्मेवारी बोध भएको बताएका छन् । उनले ओबि निरन्तर रूपमा उद्यमशीलता प्रोत्साहनका लागि काम गर्ने बताएका छन् ।