धरान : नेकपा एमाले निकट उद्योगी व्यवसायीहरू सम्बद्ध नेपाल उद्योग तथा व्यवसायी महासङ्घ धरान उपमहानगर समितिको प्रथम अधिवेशनले शिवराज श्रेष्ठको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
धरान स्थित होटेल पूर्वी स्टारमा शनिवार भएको प्रथम नगर अधिवेशनले महासङ्घको धरान नगर अधिवेशन भएको हो ।
नव निर्वाचित कार्यसमितिमा उपाध्यक्षमा टङ्ककुमारी गुरुङ र राजेश अग्रवाल रहेका छन् । सचिव दीपेन्द्र निरौला, कोषाध्यक्ष मिशन लामा, उपसचिवद्वय वैजुप्रसाद साह, जीवन राई, सह-कोषाध्यक्ष लीला शङ्कर रहेका छन् ।
सदस्यहरूमा विजेन्द्र श्रेष्ठ, सोम परियार, सुरेन्द्र बज्राचार्य, श्यामकुमार सोनी, मधु स्थापित, ममता शाक्य, जितेन्द्र तामाङ, यशोदा सुवेदी लामिछाने, चन्द्रबहादुर सुवेदी, सुष्मिता श्रेष्ठ, उमेशकुमार अग्रवाल, राजकुमार तामाङ छन् । 
अधिवेशन तदर्थ समितिका अध्यक्ष सिताराम आचार्यको सभापतित्व भएको थियो । प्रमुख अतिथि सुनसरी-१ का प्रदेश सभा सदस्य रमेशकुमार बस्नेत थिए । नव गठित कार्यसमितिको कार्यकाल २ वर्षको हुने बताइएको छ ।