इटहरी : राष्ट्रपति रामचन्द्र पौडेलको प्रेस सल्लाहकारमा सुनसरीका किरण पोखरेल नियुक्त भएका छन् । राष्ट्रपति पौडेलले आइतबार पोखरेललाई प्रेस सल्लाहकार नियुक्त गरेका हुन् ।
सुनसरी इनरुवाका पोखरेल नेपाल प्रेस युनियनका पूर्व अध्यक्ष तथा सूचना आयोगका पूर्व आयुक्त हुन् । विगत ३० वर्ष देखी पत्रकारितामा सक्रिय उनी सूचनाको हक सम्बन्धी अभियन्ता हुन् । 
राष्ट्रपतिको राजनीतिक सल्लाहकारमा सुनिलबहादुर थापा, आर्थिक सल्लाहकारमा डा.चिरञ्जीवी नेपाल, परराष्ट्र सल्लाहकारमा डा.सुरेशचन्द्र चालिसे र कानुनी सल्लाहकारमा बाबुराम कुँवर नियुक्त भएका छन् ।