इटहरी : इटहरीमा अत्याधुनिक सुविधा सम्पन्न भेटेरिनरी अस्पताल बन्ने भएको छ । पशुपन्छीको उपचारका लागि इटहरीमा भेटेरिनरी अस्पतालको भवन शिलान्यास गरिएको हो । बुधबार एक कार्यक्रमको आयोजना गरी इटहरीका मेयर हेमकर्ण पौडेलले अत्याधुनिक भवनको शिलान्यास गरेका हुन ।
किसानका घरपालुवा जनावर बिरामी भएपछि उच्चस्तरीय उपचारका लागि अस्पताल निर्माण गरिएको हो । किसानका घरपालुवा जनावरको उपचारका लागि आधुनिक अस्पताल सञ्चालनमा ल्याउ मेयर पौडेलले बताए । भवन निर्माण पश्चात् आफ्नै पालिकामा अस्पताल सञ्चालनमा आए पछि ‘किसानका समस्या सहज ढङ्गबाट सम्बोधन हुन्छन् ।’ मेयर पौडेल भन्छन्।
२ करोड ६ लाख ८२ हजार १ सय ६५ रुपैयाँ लागतमा तीन तले अस्पतालको भवन निर्माण गरिने भएको हो । सम्झौता अनुसार २०८० साल चैत्र भित्र भवन निमार्ण गरी सक्नु पर्ने छ । भवनमा कृषकहरूको लागि तालिम हल समेत बन्ने छ । कृषकहरूले छलफल तथा कार्यक्रमहरू राख्न सक्ने छन् ।
इटहरीका पशु डाक्टर दुर्गा बहादुर श्रेष्ठले अस्पतालमा एक्सरे, अल्ट्रासाउन्ड मेसिनबाट बिरामी पशुको चेकजाँच गरिने छ । डाक्टर श्रेष्ठले भने भवन भने पछि अस्पताललाई व्यवस्थित बनाएर सञ्चालन गर्ने छौ । ‘अब हामीले किसानलाई गुणस्तरीय सेवा दिन्छौँ, ‘उनले भने, ‘पशुपालन किसानलाई अब सुविधा हुन्छ, किसानको पशु रोगकै कारण रोग पत्ता नलागेर मर्नुपर्ने बाध्यता हट्छ ।’