धरान : सुनसरी जिल्ला अस्पताल इनरुवाका प्रमुख देवराज घिमिरे बारम्बार चर्चामा आइरहेका छन् । अस्पतालको वातावरण सुधार देखी जिल्ला समन्वय समितिका सभापति सँगको सम्बन्धको कारण उनी चर्चामा रहे ।
इनरुवा अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट (मेसु) को जिम्मेवारी पाएदेखीनै घिमिरे अस्पतालको व्यवस्थापनमा सक्रिय देखिए । नियमित सेवा प्रवाह गर्नेदेखि अस्पतालमा उपकरणको व्यवस्थापन र सरसफाइमा उनले ध्यान दिए । पछिल्लो समय प्रदेश, स्थानीय र सङ्घीय सरकार सँगको समन्वयमा नयाँ उपकरण र भवन थप गर्न उनले पहल गरिरहेका छन् ।
सोही अनुसार नापी कार्यालयलाई अस्पतालको स्वामित्वमा रहेको जग्गाको वास्तविक क्षेत्रफल कायम गरिपाऊँ भन्दै निवेदन दिएका छन् । अस्पतालको स्तरोन्नतिको लागि भवन लगायत संरचना बनाउनुपर्ने भएकाले अस्पतालको नाममा रहेको जग्गाको विवरण छुटाइदिन आग्रह गरेका हुन् ।
चैत २९ गते पत्र पठाउँदै उनले अस्पतालको नाममा देखिएको इनरुवा १ (क) कित्ता नम्बर ८० को १ विगाह १४ कट्ठा १३ धुर जग्गा रहेको हुँदा त्यसको चारकिल्ला गरिपाऊँ भनी निवेदन दर्ता गराएका हुन् ।
उनले दिएको निवेदन उपर नापी कार्यालयका प्रमुखले सम्बन्धित शाखालाई जग्गाको विवरण खोजी गरी चारकिल्ला गराउन निर्देशन दिएका छन् ।  हालभोगचलनमा भएको भन्दा धेरै जग्गा भएकाले बाँकी जग्गामा नयाँ संरचना बनाउने तयारी भएको मेसु घिमिरेले बताए ।
inaruwa1