वराहक्षेत्र : नववर्ष २०८० को पहिलो दिन शुक्रवार वराहक्षेत्र नगरपालिका मेयर रमेश कार्की सहितको टोलीले खोला सफाइ गरेका छन्। मेयर कार्की वराहक्षेत्र-५ कालाबञ्जर स्थित हैटे खोलाको सफाइ गर्न निस्किएका हुन् ।
गत सोमवारबाट स्थानीय कवि सूर्य बस्नेतले चलाएको जनश्रमदान अभियानमा जोडिएका मेयर कार्की नयाँ वर्षको पहिलो दिन पनि खोला सफाइ अभियानको नेतृत्व गर्दै सहभागी भएका हुन् ।
नगर कार्यपालिकाको बैठकबाटै खोला मिचेर बनाएका संरचनाहरू हटाउने निर्णय गराएका मेयर कार्कीले सार्वजनिक स्थललाई अतिक्रमण हुन नदिने योजना बनाएका छन् ।
सुन्दर नगरपालिका बनाउने उद्घोष गर्दै आएका मेयर कार्की सरसफाइलाई टोल टोलमा पुर्याउने बताउँछन् । हप्ताको १ दिन सरसफाइ अभियानको सुरुवात गरेका मेयर कार्कीले धार्मिक स्थल, सार्वजनिक स्थल सुन्दर बनाउन सबैले सहयोग गर्नुपर्ने बताउँछन् ।
गत साताबाट सुरु घैटा खोला सफाइ अभियानमा स्थानीय सङ्घ, संस्था , बुद्धिजीवी , जनप्रतिनिधिहरूको समेत उल्लेखनीय सहभागिता रहेको छ । खोला मिचेर बनाएका संरचना हटाउने नगर प्रमुखको निर्माणलाई स्थानीयवासीले समेत प्रशंसा गरेका छन् । खोला मिचेर, सार्वजनिक स्थल अतिक्रमण गरेर बनाएका संरचनालाई हटाउन मेयर कार्कीले आग्रह गरेका छन् ।
Baraha-khola-safai-2