इटहरी : इटहरी उपमहानगरपालिकाले वैशाख ३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । थारु समुदायले मनाउने सिरुवा पर्वको उपलक्ष्यमा बिदाको घोषणा गरिएको हो । 

थारु जातीको भाषा, भेषभुषा, कला, संस्कृति, रीतिरिवाज र परम्परालाई संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने उपमहानगर लागीपरेको मेयर हेमकर्ण पौडेलले बताए । आपसी सद्भाव, एकता र भाइचाराको सम्बन्ध कायम रहने प्रेरणा मिलोस् भन्दै पौडेलले शुभकामना दिएका छन् ।

वैशाख महिना भरी स्थानीय ग्राम थानहरुमा विशेष पूजा, पाठ गरी वर्ष भरी नै परिवारमा कुनै किसिमको सङ्कट नहोस् र प्राकृतिक रूपमा कुनै विपत्ति नआहोस् भनी प्रार्थना गर्छन् । एक आपसमा सुख, शान्ति र समृद्धिको शुभकामना आदान प्रदान गरी " सिरुवा पर्व" हर्षोल्लासका मनाउने गरिएको छ । 

उपमहानगरपालिकाले यसअघि नै थारुलाई इटहरीको प्रथम नागरिक घोषणा गरीसकेको छ ।