धरान : धरानमा बढ्दो आबादी सँगै मधेशी समुदायको सङ्ख्या पनि बढेको छ । उनीहरू सामाजिक कार्य, सांस्कृतिक पर्वहरूका लागि संस्थागत रूपमा सङ्गठित भएका हुन् । 
सुनसरीमा गठन भएको मधेशी सेवा समाजले संस्थागत गतिविधि गर्न धरानमा जिल्ला कार्य समितिको कार्यालय स्थापना गरेको छ।
नयाँ वर्ष २०८० तथा जुडसितल पर्वको अवसरमा शनिवार उक्त कार्यालयको उद्घाटन गरिएको छ । कार्यालय धरान-१ धुलिखेल समाज जाने बाटो स्थित भवनमा स्थापना गरिएको हो ।
कार्यालयको उद्घाटन महेन्द्र बहुमुखी क्याम्पसका प्राध्यापक प्रा.डा.अशोक झाले गरेका हुन । प्रमुख अतिथि रहेका झा समाजको विधान मस्यौदाकार, सल्लाहकार हुन् ।
उनले मधेशी सेवा समाज कुनै पार्टीको नभई मधेसीहरूको सामाजिक सेवाका लागि स्थापना भएको बताए । समाजको कल्पना ५ वर्ष अघि भए पनि अहिले आएर आधिकारिक रूप लिएको उल्लेख गरे । 
जिल्ला अध्यक्ष महेन्द्र दत्त कायस्थको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा पुर्बाअन्चल इञ्जिीनियरीङ क्याम्पसका प्राध्यापक रामदयाल यादव, मधेसी युवा सेवा समाजका संयोजक दीपक अग्रहरी, मधेसी महिला सेवा समाजकी संयोजक रेखा साहको उपस्थिति थियो ।
समाजका सचिव डा.श्रीराम शाहले सञ्चालन गरेको कार्यक्रम बिच महेन्द्र भगत र सुशील शाहले आजीवन सदस्य लिए ।
madeshi-samaj-1