दमक : दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रभावकारी सङ्घीय शासन प्रवर्द्धन अध्ययनको लागी अस्ट्रेलिया प्रस्थान गरेकी छन् ।

द एसिया फाउन्डेसनको सहयोगमा अस्ट्रेलिया अवार्ड कार्यक्रम, अस्ट्रेलिया राजदुतावास नेपाल र नेपाल सरकारको सहकार्यमा सञ्चालीत उक्त कार्यक्रममा सहभागी हुन उपप्रमुख भट्टराई अस्ट्रेलिया प्रस्थान गरेकी हुन् ।

अस्ट्रेलियाको क्विन्सल्याण्ड विश्वविद्यालयमा उक्त अध्ययन हुनेछ । उपप्रमुख भट्टराईले सङ्घीय स्तरमा प्रभावकारी शासन प्रवर्द्धन गर्ने रणनीतिबारे जानकारी लिने जनाईएको छ ।

अप्रिल १५ देखि ३० सम्म सञ्चालन हुने कार्यक्रममा सहभागी हुन उपप्रमुख भट्टराई अस्ट्रेलिया जानुभएको नगर प्रमुख राम थापाले जानकारी दिए । उपप्रमुखको यो सिकाइबाट दमक नगरपालिकाको कार्यसम्पादन सुधार गर्न मद्दत मिल्ने अपेक्षा राखिएको नगर प्रमुख थापाले बताए ।