विराटनगर : सुनसरीको बराहक्षेत्र नगरपालिकाका ५६ वर्षिय लोकबहादुर परियारको मोरङको उर्लावारीमा मोटरसाइकलको ठक्करबाट मृत्यु भएको छ ।

उर्लावारी–४ आइतबारे पश्चिम राजमार्गमा पैदल हिडीरहेको बेला आइतबार साँझ साढे ६ बजे उनलाई मोटरसाइकलले ठक्कर दिएको थियो । घाइते अवस्थामा मदन भण्डारी ट्रमा सेन्टर मङ्गलवारे पुर्‍याइएका उनको उपचारको क्रममा मृत्यु भएको हो ।

कोशी प्रदेश प्रहरी कार्यालयले जनाए अनुसार परियारलाई ठक्कर दिने प्रदेश १–०२–०४७ प १६४८ नम्वरको मोटरसाईकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चालक इटहरी उप-महानगरपालिका–२ का २२ बर्षीय प्रबिन श्रेष्ठ रहेको बताइएको छ । उनलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिई घटना बारे थप अनुसन्धान गरिरहेको छ ।