धरान : धरान वडा-१४ विजयपुरका ४३ बर्षीय कुमार बस्नेत, उनको ३६ बर्षिया श्रीमती बिमला बस्नेत र १८ वर्षका छोरा  दिपेश बस्नेतलाई लागुऔषध कारोबारको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूलाई इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले आइतबार पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको हो ।

बस्नेतको घरबाट ४ ग्राम ब्राउन सुगर र नाईट्रोजेपाम ५५ ट्याब्लेट बरामद भएको र श्रीमान, श्रीमति र छोरालाई लागुऔषध सहित घरबाटै पक्राउ गरिएको प्रहरीले बताएको छ ।

लागुऔषध बिक्री बितरण भईरहेको भन्ने सुचनाका आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले बस्नेतको घरमा छापा मारेर खानतलास गरेको थियो । उनीहरूलाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको छ ।