विराटनगर : विराटनगरस्थित आदर्श माविले शिक्षकहरूको क्षमता विकासका लागि तालिम सञ्चालन गरेको छ ।

चार दिनसम्म सञ्चालन हुने तालिममा पाठ्यक्रमको प्रविधिकरण, शिक्षकहरूका लागि आवश्यक पर्ने शैक्षिक सामग्री निर्माण, मूल्याङ्कनका विधि तथा तौरतरिका,शैक्षिक सामग्री सङ्कलन र प्रयोग गर्ने विधिलगायतका विषयमा जानकारी गराइनेछ ।

उनीहरूलाई समूहमा विभाजन गरेर प्रशिक्षण दिइने विद्यालयका प्रधानाध्यापक सन्तोष पोखरेलले जानकारी दिए । कक्षा १ देखि १० सम्म शिक्षण सिकाईमा संलग्न रहँदै आएका ६२ जना शिक्षकलाई तालिम दिइने पोखरेलले बताए ।

नेपाली र अङ्ग्रेजी माध्यमबाट पठनपाठन हुँदै आएको विद्यालयमा नयाँ भर्नाका लागिसमेत अत्यधिक चाप हुने गरेको छ।