दमक : झापाको गौरादह ४ मियाटोली स्थित कृष्ण ढुङेलको घरमा दिउँसो करिब ३ बजे घरमा कोही नभएको अवस्थामा घरको माथिल्लो तलाबाट आगो लाग्न सुरु भई सम्पूर्ण घर लगायत घर छेउमै रहेको परालको माच साथै घर र घर भित्र रहेका सम्पूर्ण सामान जलेर नष्ट भएको छ ।
घरबाट मोटरसाइकल र ग्यास सिलिन्डर मात्र निकाल्न सम्भव भएको छ भने अरू सबै जिन्सी, नगद, गरगहना, धान चामल, भाँडाकुँडा, फर्निचर लगायत सम्पूर्ण सामान जलेर नष्ट भएको छ ।
गौरादह नगरपालिका, कमल गाउँपालिका र दमक नपाको दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ ।आगलागी बिजुली सर्ट भएर लागेको हुन सक्ने आशङ्का गरिएको छ ।