विराटनगर :  विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगर–७ स्थित श्मशान घाटको अवलोकन गरेका छन् ।

यस अवसरमा घाट व्यवस्थापन समितिका अध्यक्ष वेनिगोपाल मुन्दडाले घाटलाई थप व्यवस्थित बनाउन महानगरका तर्फबाट बजेट छुट्याइदिन मेयर कोइरालासित आग्रह गरेका छन् ।मुन्दडाले बाढीको जोखिम न्यूनीकरणका लागि घाटको उत्तरतर्फ तटबन्ध बनाउनुपर्नेमा जोड दिएका छन् । गत वर्षको बाढीले कटान गर्दा घाट जोखिममा परेको उहाँको भनाइ छ ।

मेयर कोइरालाले आगामी आर्थिक वर्षको बजेटमा घाटका लागि बजेटको व्यवस्था गर्ने आश्वासन दिएका छन् । उहाँले श्मशान घाटलाई व्यवस्थित र आकर्षक बनाएकोमा मुन्दडासहित व्यवस्थापन समितिलाई धन्यवादसमेत दिएका छन्।यस अवसरमा वडा नम्बर ७ का अध्यक्ष मधुबाबु तिवारी, मेयरको निजी सचिवालयका सदस्यलगायतको सहभागिता रहेको छ।