बेलबारी : मोरङको बेलबारी नगरपालिका-३ निवासी अग्रज समाजसेवी  रविन गुरुङको निधन भएको छ ।

धेरैको लागि प्रेरणाका स्रोत मानिने ६९ वर्षीय गुरुङको निधन भएको हो ।

काठमाडौँ उपत्यका सर्वोत्कृष्ट विद्यालयको प्रधानाध्यापकबाट पुरस्कृत, पुस्तक प्रकाशक, शिक्षा सेवी, फोटोग्राफर लगायत उत्प्रेरणाका स्रोत  रहेका गुरुङको निधनले समाजलाई अपूरणीय क्षति पुगेको साहित्यकार ईरान राईले जानकारी दिए ।

द रेयुकाई नेपाल, रोधी फोटो स्टुडियो ,पुस्तक पसल सञ्चालन साथै विभिन्न सामाजिक गतिविधिमा गुरुङ सक्रिय थिए । स्व। गुरुङको परिवारमा आमा, श्रीमती तथा दुई छोरा र एक छोरी रहेका छन् ।