धरान : श्रद्धाञ्जली सभाको लागि सहिद लाजेहाङ पदम लिम्बुको शवयात्रा विराटनगर रोडशेष चौक पुग्दा सुरक्षाकर्मीले दर्जनौँ सेल अश्रुग्याँस प्रहार गरेको छ ।

घट्नामा कम्तीमा पनि ३ जना घाइते भएका छन् शवयात्रामा शान्ति पूर्ण सभामा परिणत हुन लागेको बेला घरमा लुकेर बसेका सुरक्षाकर्मीले अश्रुग्याँस प्रहार गरेको सहभागी जसपाका नेता दलर्मदन कामीले बताएका छन् ।

उनका अनुसार अश्रुग्याँस प्रहार गरेपछि शवयात्राका सहभागीहरू आक्रोशित भएर नाराबाजी गरे । राष्ट्रिय जनमुक्ति पार्टीका युवा नेता लोक आंगलाका अनुसार घाइतेहरुमा डिनिज राई, सन्तकुमार राई समेत छन् । 

रोडशेष चोकमा श्रध्दाञ्जली सभा शुरु :