झापा : नेपाल खेलकुद पत्रकार मञ्च झापाको तेस्रो जिल्ला अधिवेशनबाट पत्रकार इन्द्रजित मुखिया अध्यक्षमा सर्वसम्मत चयन भएका छन् ।
आज बिर्तामोडमा सम्पन्न जिल्ला समन्वय शाखाको तेस्रो अधिवेशनले पत्रकार मुखियालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
तीन वर्षे कार्यकालका लागि मुखियाको नेतृत्वमा खेलकुद पत्रकार मञ्चले नयाँ नेतृत्व पाएको हो । यस्तै, मञ्चको उपाध्यक्षमा प्रेम आचार्य र सचिवमा चिरञ्जीवी घिमिरे सर्वसम्मत भएका छन् ।
सहसचिव र कोषाध्यक्षमा क्रमशः भूमिका सुब्बा र प्रकाश बानियाँलाई चयन गरिएको छ । सदस्यहरूमा रोहित काफ्ले, तीर्थ तिम्सिना, विष्णु श्रेष्ठ, तिलक योञ्जन, नारायण अर्याल र आयुष निरौला चयन भएका छन् ।
भगीरथ आले मामाको नेतृत्वमा बनेको निर्वाचन समितिले निर्वाचित पदाधिकारी तथा सदस्यको नाम घोषणा गरेको थियो ।
मञ्चले खेल क्षेत्रको सर्वाधिक लोकप्रिय र धनराशि पुरस्कारसहितको स्पोटर्स अवार्ड मार्फत पदक प्राप्त खेलाडी तथा अफिसियललाई मञ्चले सम्मान गर्दै आएको छ ।
मञ्च झापाले यसअघि चार वटा संस्करणको झापा स्पोटर्स अवार्ड कार्यक्रम सम्पन्न गरिसकेको छ। अध्यक्ष हिमाल खरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव अर्जुन राजवंशीले सञ्चालन गरेका थिए ।