धरान : धरान-८ स्थित वन बाटिका मार्गमा गङ्गालक्ष्मी प्रवेशद्वार उद्घाटन गरिएको छ । 

शनिवार वन वाटिका मार्ग उपभोक्ता समितिले एक कार्यक्रम गरी प्रवेशद्वार उद्घाटन गरेको हो । धरान-८ का वडाध्यक्ष धनबहादुर राई रिबन काटेर प्रवेशद्वार उद्घाटन गरे ।

स्थानीय रत्नबहादुर श्रेष्ठ र गङ्गालक्ष्मी श्रेष्ठ दम्पतीको आर्थिक सहयोगमा प्रवेशद्वार  निर्माण गरिएको हो । प्रवेशद्वार कुल १ लाख ३९ हजार ५ सय रुपैयाँ लागतमा निर्माण भएको उपभोक्ता समितिका सचिव लालबहादुर विश्वकर्माले बताए ।

प्रवेशद्वार निर्माण गर्दा आर्थिक सहयोग गर्ने दम्पती रत्नबहादुर श्रेष्ठ र गङ्गालक्ष्मीलाई सम्मान पनि गरिएको छ। उनीहरूलाई दोसल्ला ओढाएर अध्यक्ष राईले सम्मान गरे ।

उपभोक्ता समितिका अध्यक्ष सोनाम श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न टोल विकास संस्था स्थानीयहरूको उपस्थिति रहेको थियो ।

ganga-laxmi-marga-2