धरान : चितवन जिल्ला संसदीय निर्वाचन क्षेत्र-२, बारा-२ र तनहुँ-१ को उपनिर्वाचनमा आज भएको मतदान सरदर ६० प्रतिशत सम्म रहेको प्रारम्भिक आँकडा निर्वाचन आयोगले सार्वजनिक गरेको छ ।

आयोगलाई प्राप्त सूचना अनुसार बारामा ६४ प्रतिशत मतदान भएको देखिएको छ । चितवनमा ६३ प्रतिशत मतदान भएको देखिएको छ । तनहुँमा ५३ प्रतिशत मतदान भएको देखिएको छ ।

आम निर्वाचनको बेला खसेको मतको तुलनामा यसपालिको उपनिर्वाचनमा मतदानको प्रतिशत बारामा बढेको देखिएको छ । चितवन र तनहुँमा भने मतदान प्रतिशत घटेको देखिएको छ ।

निर्वाचन आयोगको विज्ञप्ति अनुसार यसअघि मङ्सिर ४ गते भएका प्रतिनिधि सभा सदस्यको आम निर्वाचनमा बारा-२ मा ६३ दशमलव ५६ प्रतिशत मत खसेको थियो । चितवन-२ मा ६७ दशमलव ६३ प्रतिशत मत खसेको थियो । तनहुँ-१ मा ५४ दशमलव ०३ प्रतिशत मत खसेको थियो ।

PR-election-commission